FAQs Complain Problems

मानव धर्म सेवालाई नगर प्रमुखको सहयोग !!

नेपालगञ्ज, पुष १०गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिनाको तलव ÷भत्ता नेपाल मानव धर्म सेवा समितीलाई प्रदान गर्नु भएको छ । नगर प्रमुख राणाले आज नेपालगञ्ज १८ कारकाँदोस्थित नेपाल मानव धर्म सेवा समितीको आश्रमलाई एक महिनाको तलव तथा भत्ता वापतको ५० हजार रकम प्रदान गर्नु भएको हो । स्थानीय निर्वाचनका बेला गरेको बाचाअनुसार नगर प्रमुख डा राणाले आश्रम प्रमुख नन्दनी बाईजीलाई सो रकम बरावरको चेक हस्तान्त्रण गर्नु भएको हो ।

नगर प्रमुख राणाले महिनावारी तलव तथा भत्ता निरन्तर सार्वजानिक र मानव हितमा सहयोग गर्दै आउनु भएको छ । मानवीय सेवामा तल्लीन संस्थालाई सहयोग गरेर विकृति विसंगती विरुद्ध थप आवाज बुलन्द होस् भन्ने आफनो अभीप्राय रहेको उहाँले बताउनु भयो । समितीका अध्यक्ष इन्द्रलाल कँडेल लगायतका व्यक्तीको उपस्थिती रहेको कार्यक्रममा आश्रम प्रमुख नन्दनी बाइले नगर प्रमुख डा राणाको सहयोगप्रति आभार व्यक्त गर्नु भयो । यसैबीच तुलसी पुजनका अवसरमा आश्रममा आयोजित रक्तदान कार्यक्रमको पनि नगर प्रमुख राणाले शुभारम्भ गर्नु भयो । रक्त व्याग स्वास्थ्यकर्मीलाई हस्तान्त्रण गरेर रक्तदान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानमा ५५ जनाले रक्तदान गर्नुु भएको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनु भयो ।

Show in Slider: