FAQs Complain Problems

उपमहानगरपालिकाद्धारा महत्वपूर्ण काम सार्वजनिक !!

नेपालगञ्ज, पुष २० गते – नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म गरेका महत्वपूर्ण काम सार्वजनिक गरेको छ ।
नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालद्धारा पत्रकार र जनप्रतिनीधीमाझ हाल सम्मका काम, जारी कार्यक्रम र भावी साझा अभियान समेतको विवरण प्रस्तुत गरिएको हो ।
जनप्रतिनीधीले जिम्मेवारी सम्हालेपछि हालसम्म ४४ वटा बोर्ड बैठक र ३ ओटा नगर सभा गरेको उपमहानगरपालिकाले २७ वटा कानूनहरु निर्माण तथा राजपत्रमा प्रकाशन गरी सार्वजनिकीकरण गरेको जनाएको छ । आ.व.२०७४, ७५ मा विनीयोजित २ अर्व ७७ करोड मध्ये करिव १ अर्व ८४ करोड खर्च भएकोमा ४ सय ६५ वटा योजना तथा कार्यक्रम सम्पन्न गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको उपमहानगरपालिकाले १५ वटा वडाहरुलाई पूर्णखोपयुुक्त घोषणा गरेको छ भने बाँकी घोषणाको तयारीमा रहेको जनाएको छ । प्रस्तुत प्रतिवेदनमा रानितलाउ तथा वाटरपार्कमा डिपबोरिङ जडान गरिएको र रानीतलाउमा पूनर्निमाण सहित संंचालन गरिएको उल्लेख छ ।
ट्राफिक ब्यवस्थापनका लागि निशुल्क पार्किङ स्थल तय गरि ब्यवस्थापन कार्य थालनी गरिएको जनाउँदै प्रवक्ता रिजालले सरसफाई, इरिक्सा, ठेला व्यवस्थापनलाई जोड दिइएको बताउनु भयो ।

मूख्यबजार तथा वडाभित्रका गरी करिब १८.१५ किलोमिटर कालोपत्रे सडक निर्माण गरेको उपमहानगरपालिकाले ८.३० कि.मि.आर.सि.सि. र पीसिसी बाटो निर्माण, ३०.५० कि.मि.नाला निर्माण र १० वटा पुल निर्माण गरेको पनि सार्वजनिक गरेको छ । आ.व.२०७५,७६ मा २ अर्व ४३ करोड बजेट बिनियोजित गरेकोमा र भौतिक पूर्वाधारका दुई सय ३० ओटा योजनाहरु रहेको पनि प्रस्तुत गरियो । वडा नं. २१ मा खुल्ला कान्जिहाउस निर्माण कार्य अन्तिम चरणमा रहेको जनाएको उपमहानगरपालिकाले ल्याण्डफिल्ड साइड, वसपार्क निर्माण कार्य ३ महिनामा सम्पन्न गरिने दावी समेत गरेको छ ।

प्रतिवेदनमा नगरमा सीसीटीभी, बि.पी. चौकमा हाईमास्ट जडानसहित १६ स्थानहरुमा हाईमास्ट, एक सय ५० सोलार बत्ति जडान कार्य जारि रहेको उल्लेख छ । आ.व.०७५,७६ सम्ममा आकाशे पुल, सपिंग कम्पलेक्स निर्माणका लागि डिपिआर निर्माणगरि कार्ययोजना अगाडि बढाइने तयारी भइरहेकोमा वाटर पार्क छेउमा पिकनिक स्थल र बालउद्यान निर्माण तथा अन्य ६ स्थानमा बालउद्यान निर्माण गरिने पनि जनाइएको छ । आगामी साझा अभियानका रुपमा नगर स्वच्छ र सौन्दर्य करण कार्यक्रम, ध्वनि प्रदुषण न्यूनिकरण तथा नियन्त्रणका लागि विशेष पहल, बालिका उच्चशिक्षालाई प्राथमिकता दिई कार्यक्रम÷योजना, याातायात ब्यवस्थापन गर्ने, स्वच्छ खाानेपानिको पहुँचता बढाउने, ब्यवस्थित सडक, घर, नाला निर्माणमा स्पष्ट निति ल्याईने , खानेपानी, सञ्चार, विद्युत र सडकविचको समन्वय र सहकार्यमा जोड दिईने र सञ्चार प्रविधिको उच्चतम प्रयोग गर्ने आदि रहेका छन् । प्रवक्ता रिजालले आगामी दिनमा नगरको विकासका लागि सञ्चारसँगको सहकार्यलाई व्यवस्थित र प्रभावकनरी बनाउँदै लैजाने स्पष्ट पार्नु भयो । नगर प्रमुख डा धवल शम्शेर राणाले छोटो अवधीमा थुप्रै उपलव्धी भएको र आगामी दिनमा अझैं सहज र प्रभावकारी रुपमा काम गर्ने विश्वास दिलाउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि पयाकुरेल, वडा अध्यक्ष तथा सदस्य, शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

Show in Slider: